दैलेखमा बलात्कारको घटना ढाकछोप गर्ने प्रयास

अमर सुनार ।
दैलेख, १ फागुन (जागरण) । दैलेखमा बलात्कारको घटना ढाकछोप गर्ने प्रयास भएको छ ।
बलात्कार आरोप लागेका दुल्लु नगरपालिका ५ का वडा सदस्य प्रकाश पोखरेललाई जोगाउन आफूहरूलाई दबाब दिइएको पीडित पक्षले गुनासो गरेको छन ।
भारतमा मजदुरी गर्ने एक महिला सुतिरहेको अवस्थामा बिहीवार राति जबरजस्ती ढोका खोली बलात्कार कोसिस गर्दा पीडित महिला चिच्याएपछि छिमेकीले आरोपितलाई नियन्त्रणमा लिएका थिए ।
स्थानीयले आरोपतलाई राति नै प्रहरीकोमा बुझाएका थिए । अहिले उनलाई दुल्लु इलाका प्रहरी कार्यालयमा थुनामा राखिएको छ । आरोपितका आफन्तले मुद्दा दर्ता गर्नबाट रोकेको पीडित पक्षले बताएको छ ।
पीडितको सुरक्षामा प्रहरीले ध्यान नपु¥याएको महिला सशक्तिकरण मञ्चकी उपाध्यक्ष सविना विकले टिप्पणी गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले घटनाको वास्तविकता बुझेर कारबाही प्रक्रिया बढाउन दुल्लु इलाका प्रहरीलाई भनिसकेको बताउनुभएको छ ।