फोहरलाई मोहरमा रुपान्तरण गरिँदै

सुर्खेत, २ फागुन (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरभित्रको फोहोर व्यवस्थापनका लागी वीरेन्द्रनगर नगरपालिकाले नयाँ कार्ययोजना बनाएको छ ।
शहर सरसफाइ योजना बनाइसकेको नगरले अहिले वडास्तरमा फोहोर व्यवस्थापन कार्यविधि निर्माण गर्न थालेको हो ।
नगरपालिकाले दिशाजन्य लेदो तथा ठोस फोहोर व्यवस्थापन प्रशोधन केन्द्र निर्माण गर्न शुरु गरेको छ ।
वीरेन्द्रनगर–१, स्थित तारेभिरमा रहेको अस्थायी ‘डम्पिङ साइड’ लाई व्यवस्थित गरी उक्त केन्द्र निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
सहरमा जनघनत्व बढ्दै जाँदा फोहोर पनि बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि दिशाजन्य लेदो तथा ठोस फोहोर व्यवस्थापन प्रशोधन केन्द्र निर्माण गर्न लागेको बताइएको छ ।
प्रदेश राजधानी सफा सुन्दर बनाउने भन्दै नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले फोहोरबाट आर्थिक लाभ लिन र धेरैलाई रोजगारी सिर्जना गरिने कर्णाली रैबारलाई बताउनुभयो ।
उहाँका अनूसार बैकल्पीक उर्जा र विरेन्द्रनगर नगरपालिकाले सम्झौता गरेको छ । फोहोरबाट ग्यास समेत निकाल्य उहाले बताउनुभयो ।
दिशाजन्य लेदो र ठोस फोहोर व्यवस्थापन प्रशोधनका लागि छुट्टाछुट्टै डम्पिङ बनाईने भन्दै उहाले फोहोर व्यवस्थापनका लागि नगरपालिकाले दीर्घकालीनरुपमा दिशाजन्य लेदो तथा ठोस फोहोर व्यवस्थापन प्रशोधन केन्द्र बनाउन लागेको उहाले जानकारी दिनुभयो ।
दिशाजन्य लेदो र ठोस फोहोर व्यवस्थापन प्रशोधन केन्द्र निर्माणका लागि करिब ३४ करोड लागत लाग्ने अनुमान गरिएको छ ।