सुर्खेतमा बढ्दै जबरजस्ती करणीका मुद्धा

                                                                                              प्रतिकात्मक तस्विरका रुपमा गुगलबाट साभार गरिएकाे हाे ।

सावीत्रा उपाध्याय
सुर्खेत, ४ फागुन (जागरण) ।
सुर्खेत जिल्लामा पछिल्लो समय जबरजस्ती करणीका मुद्धा बढ्दै गएका छन् ।
जिल्ला अदालत सुर्खेतको विगत तीन बर्षको तथ्याङ्क हेर्दा जबरजस्ती करणीका मुद्धा झण्डै तेब्बरले बढेको पाइएको हो ।
आर्थिक वर्ष २०७४÷०७५ देखि २०७७ असार मसान्तसम्म जिल्ला अदालत सुर्खेतमा एक सय ७७ मुद्धा दर्ता भएका छन् । जुन २०७४÷०७५ मा ३२ मुद्धा परेकोमा आ.ब.२०७५÷०७६ मा ५८ मुद्धा परेका थिए भने २०७६÷०७७ मा ८७ वटा मुद्धा दर्ता भएका छन् । अदालतमा दर्ता भएका मुद्धा मध्य २०७४÷७५ को अन्त्य सम्ममा २७ वटा मुद्दा फछर्यौट भए भने २०७५÷०७६ मा ४० वटा फछर्यौट भए । आर्थिक बर्ष २०७६ ÷०७७ ४७ वटा मुद्धा फछ्यौट भएका छन् ।
यस्तै हाड नाता करणीका मुद्धा पनि बढेको पाइएको छ । जिल्ला अदालत सुर्खेतका अनुसार आ.ब.२०७४÷०७५ मा एउटा हाडनाता करणीको मुद्धा परेकोमा २०७५÷०७६ तीन वटा र २०७६÷०७७ मा सात वटा मुद्धा परेका छन् । आ.ब. आ.ब.२०७४÷०७५ का सबै र आ.ब. २०७५÷०७६ मा एउटा र आ.ब. २०७६÷०७७ मा सात मध्य तीन वटा फछ्यौट हुन बाँकी रहेको जिल्ला अदालतका नायब सुब्बा सागर बोहाराले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुर्खेतमा लागू औषध सम्बन्धीका मुद्धा पनि बढीरहेका छन् । आर्थिक बर्ष २०७५÷०७६ मा ८१ वटा मुद्धा दर्ता भएकोमा आ.ब.२०७६÷०७७ मा ८५ वटा मुद्धा दर्ता भएका छन् ।
जिल्ला अदालतको तथ्यांक अनुसार चोरी तथा डाँका कसुर सम्बन्धीका मुद्धा पनि ह्वात्तै बढेका छन् । आर्थीक वर्ष २०७५÷०७६ मा ३७ वटा चोरी तथा डाँका कसूरका मुद्धा दर्ता भएकोमा २०७६÷०७७ मा ८९ वटा मुद्धा दर्ता भएका छन् ।