प्रदेश सरकारले सौहिलियतमा ऋण दिन्छः मुख्यमन्त्री शाही

सुर्खेत, ७ फागुन (जागरण) । कर्णालीका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले कृषकलाई बिना धितोमा सरकारले ऋण उपलब्ध गराउने बताउनुभएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज प्राङ्गारिक खेती पर्वद्धन तथा रैथाने बाली संरक्षण दिवस मनाउन आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो घोषणा गर्नुभएको हो ।
कर्णालीलाई अर्गानिक बनाउने सरकारको प्रमुख लक्ष्य भएको भन्दै उहाले अर्गानिक प्रदेश बनाउने सोचका साथ प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु अघि सारेको बताउनुभयो । भौगोलिक संरचना उपयुक्त भएका कारणले विश्व बजारमा कर्णाली अर्गानिकको भण्डार भएको उहाको भनाई छ ।
कृषि पेशामा रमाउने कृषकलाई सहुलियत ऋणको व्यवस्था गरेर अझै कृषकलाई आकषर्ण गराउने उहाले बताउनुभयो ।
कृषि उत्पादनमा प्रदेश सरकारको पहिलो प्राथामिकता रहेको भन्दै कृषिबाटै गरिबीको अन्त्य गर्ने योजना रहेको मुख्यमन्त्री शाहीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसिले कर्णालीलाई अर्गानिक प्रदेशको पहिचान दिलाउने बताउनुभयो ।
केहि कृषकहरुले अनुदानको नाममा बेइमान काम गरेता पनि अब त्यस्तो नदोहोरिन दिनका लागी सरकारले सहुलियतमा ऋण दिने भएको उहाको भनाई छ ।
प्रशस्त सम्भावना भएको कर्णालीमा कृषि आन्दोलन गरेर सम्बृद्ध कर्णाली सुखारि कर्णालीबासि भन्ने प्रदेश सरकारको नारालाई सार्थक बनाउने दाबी गर्नुभयो ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा दिवस मनाईएको हो ।
यस्तै, कर्णालीका कृषकहरुले अर्गानी वस्तुहरुको माग बढेको बताएका छन । उनिहरुले अर्गानिक वस्तुहरुको माग बढेको भन्दै उत्पादनमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएका छन ।
जुम्लाका कृषक धनकृष्ण पाण्डेले कर्णालीका अर्गानीक बस्तुहरु बजारमा धेरै नै माग भएको बताउनुभएको छ ।