कर्णाली प्रदेश लोक सेवा आयोगकको अध्यक्षमा उपाध्याय

सुर्खेत, ७ फागुन (जागरण) । कर्णाली प्रदेश लोकसेवा आयोगमा पदाधिकारीहरु नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको सिफारिसमा पदाधिकारीहरु नियुक्त भएका हुन ।
आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त हुनुभएको छ । पूर्व क्षेत्रीय शिक्षा निर्देशक रहनुभएका उहाँ वीरेन्द्रनगर–१२ स्थानीय हुनुहुन्छ ।
त्यस्तै आयोगको सदस्यहरुमा बसन्तीकुमारी सिंह (शाही) र भक्तबहादुर खड्का नियुक्त हुनुभएको छ । पूर्व शिक्षक शाही खार्पुनाथ–५ हुम्लाका स्थानीय हुनुहुन्छ ।
उहा कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीकी श्रीमती समेत हुनुहुन्छ ।
यसैबीच नवनियुक्त पदाधिकारीहरुले आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रदेश सरकारको सिफारिसमा कर्णाली प्रदेश प्रमुख गोविन्द कलौनीले सपथ खुवाएका हुन । सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री शाही, सभामुख शाहीलगायत सहभागी थिए ।