कर्णालीलाई समृद्धितर्फ लैजाने निती बनाउनुस्ः पुर्वमन्त्री शर्मा

सुर्खेत, १८ जेठ (जागरण) । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य जनार्दन शर्माले नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य जनार्दशन शर्माले कर्णालीलाई समृद्धितर्फ लैजाने खालका निती तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधीसभाका सांसद समेत रहनुभएका शर्माले एक दशकमै कर्णालीलाई समृद्ध बनाउन सकिने दाबी गर्नुभयो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आयोजनामा आज वीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रदेशको आगामी निती तथा कार्यक्रम तयारी सम्बन्धी छलफलमा वोल्दै पुर्वमन्त्री शर्माले केन्द्रीय सरकारले दिने अनुदान भन्दा १० गुणा ठुलो आकारको वजेट ल्याउनुपर्ने वताउनुभयो ।
शर्माले जनताका आकांक्षा, आवश्यकता र आवाजमा आधारित वैज्ञानिक योजना निर्माण गरेर अगाढी वढनुपर्ने वताउनुभयो ।
१० वर्षभित्र सवै भन्दा धनी प्रदेश वनाउने संकल्प सहित आगामी वर्षको नीति कार्यक्रम वनाउन कर्णाली प्रदेश सरकारलाई उहकाँले आग्रह गर्नुभएको छ ।
अनुदान रकमले अपुग वजेट ऋण लिई तत्काल प्रतिफल प्राप्त हुने आयोजनामा लगानी गर्नुपर्ने पुर्वमन्त्री शर्माको भनाई छ ।
क्रमभंगता नगरि कर्णाली प्रदेशको विकास र समृद्धि गर्न नसकिने वताउदै उहाँले क्रमभंगताको सामना गर्ने ईच्छाशक्ति कर्णालीका जनतासंग रहेको धारणा राख्नुभयो ।
समृद्धि र सामाजिक न्याय सहितको समाजवादी व्यवस्था आफुहरुको गन्तव्य भएको उहाँको भनाई छ ।
कार्यक्रममा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशको समग्र विकासका लागि सरकार, संसद र कर्मचारी प्रशासनको साझा वुझाई कायम गरि दिर्घकालीन योजना निर्माण गरेर कार्यान्वयनमा लाग्ने प्रतिवद्धता गर्नुभयो ।
जनतालाई समृद्ध र समतामुलक व्यवस्था दिन ठुलो लडाईवाट संघीयताको स्थापना भएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री शाहीले तिनै तहका सरकार विच आपसी समन्वय गरेर राम्रो प्रतिफल दिन सकिने वताउनुभयो ।
प्रदेश सरकार तिव्र गतिमा दौडेर मात्र जनताको अपेक्षा पुरा गर्न सकिने वताउदै उहाँले सरकार र संसदको स्प्रीटमा एकरुपता पैदा हुनुपर्नेमा जोड गर्नुभयो ।
कार्यक्रममा सांसदहरुले प्रदेश राजधानीमा बसेर भन्दा पनि जिल्लाका आवश्यकताका आधारमा आगामी बजेट निर्माण गर्न सुझाव दिएका छन् ।