स्थानीय उत्पादनलाई विद्यालय खाजा बनाउनुपर्ने

सुर्खेत, १० फागुन (जागरण) । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको तालिका सार्वजनिक गरेको छ ।
केन्द्रले प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म पढ्ने ४ देखि १२ वर्षसम्मका बालबालिकालाई विद्यालयमा खुवाइने खाजाको मेनु सार्वजनिक गरेको हो ।
जसमध्य कर्णालीका हिमाली जिल्लाहरुमा पोषिलो जाउलो, फापरको रोटी, मकैको खीर, क्वाँटी, ढिँडो र कोदोका पुवा दिवा खाजाका लागि सिफारिस गरिएको छ ।
भने पहाडी जिल्लाहरुमा पोषिलो जाउलो, फापरको रोटी, मकैको खीर, क्वाँटी, ढिँडो र कोदोका पुवा दिवा खाजाका रुपमा खुवाउनुपर्ने छ ।
रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेखमा पहाडी भेगमा पाइने पोषिला खाना खुवाउन सिफारिस गरिएको हो ।
त्यसैगरी, जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट लागि हिमाली जिल्लाहरुमा पाइने पोषिला खानाहरु मेनुमा राखिएको छ ।