खस भाषा पठपाठन गर्नेे तयारी

टेकराज केसी ।
सुर्खेत, ११ फागुन (जागरण) । जुम्लाको सिंजा गाउँपालिकाले खस भाषाको पाठ्यक्रम तयार गरि पठनपाठन गर्ने तयारी गरेको छ ।
नेपाली भाषाको उद्गम स्तल मानिएको जुम्लाको सिंजामा नै पछिल्लो समय भाषा हराउँदै गएको भन्दै खस भाषाको पाठ्यक्रम तयार गरि प्राथामिक तहमा पठपाठन गराउने तयारी गरेको हो ।
पछिल्ला युवाहरुले खस भाषालाई बिर्सदै गएको भन्दै नेपाली भाषाको इतिहास जोगाउन पाठ्यक्रम तयार गर्न लागिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले कर्णाली रैबारलाई बताउनुभयो ।
उहाले अहिले प्राथामिक तहसम्म पठपाठन स्थानीय पाठ्यक्रममा गराइएपनि यो भाषालाई राष्ट्रिय पाठ्क्रममा राखिनुपर्ने सुझाव दिनुभयो ।
गाउँपालिकाले खस संग्रहालय पनि निर्माण गरिरहेको र यसको लागि बजेट अभाव भएको समेत अध्यक्ष रावलले बताउनुभयो ।