कर्णालीमा करडौँको चामल आयात

सुर्खेत, १२ फागुन (जागरण) । कर्णाली प्रदेशमा पर्याप्त धान उत्पादन नहुँदा बर्षेनी हजारौँ क्वीण्टल चामल आयात हुने गरेको पाइएको छ ।
प्रदेशमा उत्पादन हुने धानले कर्णालमिा नपुगेपछि बर्षेनी चामल आयातमा करोडौं मूल्य खर्च हुने गरेको हो ।
कर्णालीलाई केन्द्र सरकारले बर्षेनी हजारौँ क्वीण्टल चामल अनुदानमा दिने गरेको छ भने निजी क्षेत्रबाट पनि हजारौँ क्वीन्टल चामल आउने गरेको छ ।
खाद्य व्यस्था व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालयले दिएको जानकारी अनुसार कर्णालीमा बार्षिक ८० हजार देखि ९० हजार क्वीन्टल चामल आयात हुने गरेको छ ।
चालु आर्थिक बर्षममा कर्णालीका ३० वटा क्षेत्रमा १८ हजार ८ सय ३३ दशमलव ९० क्वीन्टल चामल गरिएको कार्यालयका प्रमुख माधव मिश्रले बताउनुभयो ।
अहिले सुर्खेतमा १५ हजार क्वीन्टल चामल स्टक (मौजुदा) रहेको छ भने अन्य जिल्लामा १९ हजार ३ सय २० दशमलव ३६ क्वटल चामल स्टक रहेको उहाँले बताउनुभयो । आवाज..
ठेकेदारको लापरवाहीका कारणले कर्णालीमा चामल कुहिने समस्या रहेको उहाँको भनाई छ ।
यता, कृषि विकास निर्देशनालयका बाली विकास अधिकृत याम बहादुर रानाले भने कर्णाली प्रदेशमा ४८ हजार ६ हेक्टरमा धानखेति भईरहेको बताउनुभयो । तर यो प्रदेशभरको लागि भने पर्याप्त नभएको भन्दै उत्पादन बढाउन विभिन्न कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिनुभयो । आवाज…
कर्णालीका अर्गानीक खाद्य वस्तुहरु उत्पादनका लागी भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बिउको लागी प्रदेश स्तरीय बिउ बास्लात स्थल स्थापना गरेको उहाँले जानकारी दिनुभयो ।