बाबियाचौरमा फ्रि वाईफाई सेवा सुरु

सुर्खेत, १८ जेठ (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा निशुल्क वाईफाई सेवा शुरु गरिएको छ । बाबियाचौर बजार लगायत आसपासका क्षेत्रमा यो सेवा दिन थालिएको हो ।
आर्थिक बर्ष २०७४÷०७५ को बजेट बाट बाबियाचौर बजार क्षेत्रलाई फ्रि वाईफाइ जोन बनाउने योजना अघि सारिएको हो ।
ईन्टरनेट सेवाबाट नागरिकहरुले अपलोड र डाउनलोड बाहेक अरु सेवा लिने भएका छन । सुचनाको पहुचमा नागरिक हरुलाई र्पुयाउनका लागि सेवा सुरु गरिएको ५ नम्बर वडाका अध्यक्ष होमबहादुर राम्जालीले जानकारी दिनुभयो ।