सुर्खेत, १८ जेठ (जागरण) । सुर्खेतदेखि सीधै भारतको राजधानी नयाँ दिल्ली बस सेवा शुरु भएको छ । मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघले सुर्खेतदेखि भारतको दिल्लीसम्म यातायात सेवा सुरु गरेको हो ।
ना.५.ख. ४६९६ को बस आज दिउँसो ३ बजे दिल्लीका लागि छुटेको छ । रारा एसी मेट्रोका संयोजक दुर्गा प्रसाद ज्ञवालीले सुर्खेत देखि दिल्लीका लागि अबदेखि प्रत्येक आईतबार र बुधवार गरी दुई दिन बस छुट्ने बताउनुभयो ।
यस्तै, प्रत्येक मंगलवार र शुक्रबार बेलुकी ५ बजे दिल्लीबाट सुर्खेतका लागि बस छुट्ने उहाँले जानकारी दिनुभयो ।
सुर्खेत–दिल्ली भाडा दर नेपाली २ हजार ४ सय रुपैया रहेको छ ।