जाजरकोटको एक विद्यालयमा हप्तामा एक दिन अविभावक पुग्नैपर्ने

जाजरकोट, १६ (जागरण) । जाजरकोटको एक विद्यालयमा हप्तामा एक दिन अविभावक पुग्ने गरेका छन् । पाठन पाठन मुल्याङ्कण तथा शिक्षक विद्यार्थीहरुलाई हौसला प्रदान गर्न अविभावकहरु हप्तामा एक दिन विद्यालयमा पुग्ने गरेका हुन् ।
हप्तामा एक दिन विद्यालयमा पुगेका अविभावकहरुले विद्यालयलाई सुर्केथैली लगाएत स्थानीय स्तरमा बनाईएका शैक्षिक सामाग्रीहरु नासो दिने गरेका छन् ।
छेडागाड नगरपालीका–१२ स्थित चन्द्रज्योती आधारभुत विद्यालयले हप्तामा एक दिन अविभावकहरु अनिबार्य विद्यालयमा पुग्नुपर्ने निर्णय गरेको छ ।
विद्यालयमा अध्ययन गरीरहेका बालबालिकाहरुको शिक्षण सिकाई प्रगति बुझ्न हप्ताको १ दिन अविभावक विद्यालयमा पुग्नु पर्ने निर्णय गरिएको हो ।
बालबालिकाहरुको शिक्षण सिकाई उपलब्धी मुल्याङ्कण गर्न विद्यालयमा पुगेका अविभावकहरुले अनिवार्य रुपमा कुनै न कुनै नासो ल्याएर आउनु पर्ने विद्यालयले नियम बनाएको छ ।
स्थानीय स्तरमै बनाईएका शैक्षिक सामाग्री तथा परम्परागत सामाग्रीहरु ल्याएर अविभावकहरुले विद्यालयलाई नासो दिने गरेका छन् ।
अविभावकको सक्रियता बढेपछि उक्त विद्यालयका शिक्षक र बालबालिकाहरु खुशी हुन थालेका छन् ।
पाँचतारा यूवा संरक्षण मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा संञ्चालित ‘सहयात्रा दोस्रो’ परियोजनाले उक्त विद्यालयमा केहि दिन अगाडी दस सामाग्री दस सीप कार्यशाला गोष्ठी संञ्चालन गरेको थियो ।