गोविन्द खत्री ।
सुर्खेत, १८ फागुन (जागरण) । कर्णाली प्रदेश सरकारले हालसम्म तीन आर्थिक बर्षको बजेट ल्याएको छ तर बजेट खर्च भने एकदमै न्यून रहेको छ । चालु आर्थिक बर्षको सात महिनामा पनि सात प्रतिशत मात्र विकास खर्च गरेको छ । कारण कर्मचारी अभाव नै बजेट खर्च गर्न नसक्नुको मुख्य कारण रहेको प्रदेश सरकारले बताउँदै आएको छ ।
आफ्नै कर्मचारी भर्ना गर्न कर्णालीमा प्रदेश सरकारले २ हजार ५ सय ५५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । सरकार गठन भएयता कर्मचारीको अभाव झेल्दै आएको प्रदेश सरकारले नयाँ दरबन्दी सिर्जना गरेपनि लोक सेवा आयोग गठन नगर्दा कर्मचारी भर्ना गर्न सकेको थिएन ।
प्रदेश सरकारले भर्खरै मात्र प्रदेश लोक सेवा आयोगमा पदाधिकारी नियुक्ती गरेको छ । लोक सेवा आयोगले कहिले सम्म कर्मचारी भर्ना गर्न एक बर्षसम्म लाग्ने आयोगका अध्यक्ष अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनुभएको छ । उहाँसँग गरिएको यो कुराकानी सुन्नुहोस अडियोमा ।