राजधानी सुर्खेतमा राजी होम स्टे

सुर्खेत, १९ फागुन (जागरण) ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लोपउन्मुख राजी समुदायले होम स्टे सञ्चालन गरेका छन् ।
कर्णाली प्रदेश राजी होम स्टेको उद्योग वन पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आज एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बुढाले कर्णाली प्रदेशमा आम्दानीका क्षेत्र मध्य कम लगानीमा धेरै मुनाफा लिन सकिने क्षेत्र पर्यटन भएको बताउनुभयो ।
पर्यटकहरुका लागि ठूला होटलहरु सञ्चालन नभएको अवस्थामा होम स्टेलाई प्रोत्साहान गर्ने नीति कर्णाली प्रदेश सरकारले लिएको मन्त्री बुढाले बताउनुभयो ।
लोप उन्मुख सिमान्तकृत समाज उत्थान नेपालका अध्यक्ष एवं होमस्टे सञ्चालक लालहादुर राजीले राजी होम स्टे बाट लोपउन्मुख जातीको संस्कृतीको प्रचार प्रसार गर्ने उद्देश्य रहेको बताउनुभयो । वीरेन्द्रनगर १० दिपनगरमा सञ्चालन गरिएको राजी होम स्टेमा राजी जातिका परम्परागत खानाका परिकार पाइनुका साथै उनीहरुको संस्कृती पनि अवलोकन गर्न जनाइएको छ ।