सुर्खेत, २० फागुन (जागरण) । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारीहरुले तालाबन्दी गरेका छन ।
तलब नदिइएको भन्दै कर्मचारीहरुले आजदेखि अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन ।
उनिहरुले संस्थाको खातामा रकम निकासा नगरि कोषाध्यक्ष राम बहादुर गौतमले कर्मचारीहरुको तलब रोकेर राजनिति गर्न खोजेको आरोप लगाएका छन ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको श्रमिक ट्रेड युनियनका अध्यक्ष गणेशमान खनाल लगायतका कर्मचारीहरुको हस्ताक्षरमा जारी गरिएको प्रेस बिज्ञप्तीमा कोषाध्यक्ष गौतमले कर्मचारीको तलब निकासा गर्न रोक लगाएको उल्लेख छ ।
संस्थाको रकम खातामा निकासा नगर्ने, कर्मचारीको तलब नदिएर कोषाध्यक्षले राजनिति गर्न खोजेको संस्थाको श्रमिक ट्रेड युनियनका अध्यक्ष गणेशमान खनालले कर्णाली रैबारलाई बताउनुभयो । .
यता, संस्थाका कोषाध्यक्ष गौतम, उपाध्यक्ष दिपे सार्की र सचिब–चन्द्र बहादुर सुनारले संयुक्त विज्ञप्ती जारी गरि श्रमिक ट्रेड युनियनका अध्यक्ष गणेशमान खनालको प्रेस बिज्ञप्ती माथि गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
गौतमले कर्णाली रैबारसँग कुराकानी गर्दै कोषाध्यक्षका कारणले कर्मचारीहरुले तलव खान नपाएको भन्ने कुनै आधार नभएको बताउनुभएको छ ।
उहाले एकपटक संस्थताको विनियम पढ्न आग्रह गर्दै आफुले कर्मचारीको तलब रोकेर काँही कतै राजनिति गर्न नखोजेको प्रतिक्रिया दिनुभयो ।
उहाले संस्थामा भएको विवादलाई समाधान गर्ने हेतुले जिल्ला स्थित जिल्ला संवाद समुहको पहलमा २०७६ साल कात्र्तिक ०५ गते भएको निर्णयको स्मरण समेत गराउनुभएको छ ।