सुर्खेत, २० फागुन (जागरण) । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य ठम्मर बिष्टले केपी ओली नेतृत्वको सरकारले गरेको अभियान देखेर देशी विदेशी शक्तिहरुको चलखेलबाट सरकार ढाल्न खोजिएको बतउनुभएको छ ।
आज वीरेन्द्रनगरमा प्रेस संगठन नेपाल सुर्खेतले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै विष्टले यस्तो बताउनुभएको हो । विकास बिरोधीहरुले प्रधानमन्त्री केपी ओलीलाई काम गर्न नदिएको उहाँले बताउयो ।
देशमा स्थायीत्व दिने हो भने केपी ओली लाई नै प्रधानमन्त्रीमा निरन्तरता दिनुपर्ने वा निर्वाचनमा जानुको विकल्प नभएको उहाँको भनाइ छ । उहाँले वली नेतृत्वको नेकपा विनाको सरकार बनेमा विदेशी हस्तक्षेप र भ्रष्टाचारको दलदलमा फस्ने जिकिर गर्नुभयो ।
नेकपाका अर्का केन्द्रीय सदस्य कुलमणि देवकोटाले पार्टी एकताको बहानामा केपी ओलीलाई सिध्याने खेलमा प्रचण्ड माधव नेपाल लागेको आरोप लगाउनुभयो । प्रचण्ड माधवले राष्ट्रियतालाई धरौटी राखेर प्रधानमन्त्री हुने खेलमा लागेकाले पार्टी एकतामा समस्या आएको बताउनुभयो ।
कार्यक्रममा प्रेस संगठन नेपालका कर्णाली प्रदेश इन्चार्ज वीरबहादुर गिरीले व्यवसायिक पत्रकारहरुको पेशागत हक हितका लागि प्रेस संगठन सधैँ लागिरहने बताउनुभयो ।
कार्यक्रममा पत्रकारिताका योगदान पु¥याउनुभएका अग्रज पत्रकार खडानन्द कंडेललाई सम्मान गरिएको छ ।