सुर्खेतमा होटेल व्यवसाय गर्नेको संख्या बढ्यो

सावित्रा उपाध्याय ।
सुर्खेत, २१ फागुन (जागरण) । होटेल व्यवसायीहरुले कोरोना महामारीको बेला आफुहरुले धेरै नोक्सानी बेहोरेको भन्दै सरकारले राहातका केही प्याकेज नल्याएको गुनासो गरेका छन ।
लामो समयको लकडाउनका कारण व्यवसायबाट नोक्सानी बेहोर्नुपरेको बताउदै उनिहरुले सयौँले रोजगारी गुमाउनु परेको बताएका छन । तर सरकारले भने त्यस्ता राहत प्याकेजका कार्यक्रम नल्याएको उनिहरुको भनाई छ ।
होटेल व्यवसाय संघका अनुसार राजस्वबाट आएको रकमले होटल व्यवसायी महांसंघसाढे तिन लाख ऋण रहेको छ ।
ठुलाठुला होटेलहरुले पनि अहिले भाडा तिर्न कठिन भइरहेको महासंघले जनाएको छ ।
आर्थिक स्रोतको ठुलो हिस्सा ओगटेको नीजि क्षेत्र त्यसैमा पनि होटेल व्यवसाय क्षेत्रको सुधारा निमित्त सरकारले कुनै सौहुलियत कार्यक्रमहरु नल्याएको व्यवसायीहरुको गुनासो छ ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकासका लागि निजी क्षेत्र अपरिहार्य भएको बताउँदै आउनुभएको छ । तर, संकटको समयमा प्रदेश सरकारले निजी क्षेत्रलाई सहयोग पुग्ने कार्यक्रमहरु नै नल्याईएको संघका उपाध्यक्ष इन्द्र बहादुर शाहीले बताउनुभयो । …आवाज…
यस्तै, कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेत वीरेन्द्रनगर तोकिएपछि होटेल खुल्नेको संख्यामा वृद्धी भएको छ ।
वीरेन्द्रनगर सहित सुर्खेतका विभिन्न स्थानमा रहेका स्थानीय बजारहमा करिब एक हजार २ सय बराबर होटेल व्यवसायहरु सञ्चालनमा रहेको जनाइएको छ । होटेल व्यवसाय संघ सुर्खेतको तथ्याङ्क अनुसार विगत दुई आर्थिक बर्षमा होटेल व्यवासय थपिने संख्या बढेको हो ।
आर्थिक बर्ष ०७५/०७६ मा सुर्खेतमा जम्मा नौ सय होटेल व्यवसाय सञ्चालनमा रहेकोमा त्यो संख्या आर्थिक बर्ष ०७६÷०७७ मा एक हजार २ सय पुगेको छ ।