सुर्खेत, २१ फागुन (जागरण) । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नागरिकको अपेक्षा अनुरुप काम गर्न नगरपालिकाका प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।
आज नगर विकास कोष प्रादेशिक कार्यशाला गोष्ठी कार्यक्रममा बोल्दो कलौनीले यस्तो बताउनुभएको हो ।
आफ्नो कार्याकालमा आफ्नो पालिकाको विकास र परिवर्तनको लागि दृढ संकल्पका साथ लाग्नुपर्ने उहाको सुझाव छ ।
जनप्रतिधिहरु सबै एक्यबद्ध भयर मात्र कर्णालीको समर्ग विकास हुने कलौनीको तर्क थियो ।
उक्त, कार्यक्रममा सहभागी बनेका प्रधानमन्त्री केपी शर्मा ओलीका विकास तथा व्यवस्थापन विज्ञ इन्जिनियर गजेन्द्र प्रसाद थपलियाले विगतमा समानतामुकल विकास नभएको टिप्पोणी गर्नुभयो ।
नगरविकास कोषका सञ्चालक समिति सदस्य तथा वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकालले हाल सम्मको अवधि सम्म आइपुग्दा जनताको अपेक्षाकृत काम गर्न नसकेको स्वीकार गर्नुभयो ।