चार सन्तासहित कर्णाली नदिमा हाम फालेपछि…..

दैलेख, २६ फागुन (जागरण) । दैलेखको आठबिस नगरपालिका–३ निमायलकी सुकी बडुवालले आफ्ना चार सन्तासहित कर्णाली नदिमा हाम फालेकी छन् । श्रीमानबाट भएको लगातारको घरेलु हिंसाका उनले सन्तानसहित नदिमा हामफालेर आत्म हत्या गरेको अनुमान गरिएको छ ।
३५ वर्षीया सुकी र उनका ८ वर्षीय छोरा ललित, छोरी वर्ष ११ की सरिता, र वर्ष १४ की कल्पना बडुवालको को शव भेटिएको छ । भने वर्ष ५ की छोरी रजनी बडुवाललको शव भेटिएको छैन ।
यसैबीच पाँच जनाको आत्महत्या भएको खबर सँगै कर्णाली प्रदेशका डिआइजी वसन्तकुमार पन्त घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत अध्ययन गर्न आएको उनको भनाइ छ । हिजो नै दुई छोरीको शव फेला परिसकेको थियो ।
आमा सुकीले छोरालाइ आफुसँगै कपडाले बाधेर नदीमा हाम्फालेको प्रहरीको हुन सक्ने छिमेकीहरुको अनुमान छ । उहाँका श्रीमान मान बहादुर बडुवाल प्रहरी नियन्त्रणमा छन । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
वडाध्यक्ष प्रयागबहादुर शाहीका अनुसार आइतबार दिउँसो श्रीमान् मानबहादुर बडुवाललाई बजारमा लिन गएकी सुकी बडुवाल आइतबार राति नै घरबाट छोराछोरीसहित निस्किएकी थिइन् ।