नेपाली भाषाको संरक्षण कर्णालीले गर्नुपर्छः मुख्यमन्त्री शाही

सुर्खेत, २७ फागुन (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली भाषा लोप हुने अवस्थामा आएको बताउनुभएको छ ।
‘कर्णाली उत्सव कुडा कर्णालीका’ द्रोश्रो संस्करणको उद्घाटन गर्दै खस भाषाबाट नेपाली भाषा उत्पती भएको र अहिले लोप हुने संम्भवना रहेको मुख्यमन्त्री शाहीले बताउनुभयो ।
इतिहासको ज्ञानले भविष्यको समेत निर्धारण गर्ने भएकाले कर्णालीको विगतका बिषयमा जान्न जरुरी रहेको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले विगतको धनी आत्र्मनिभर कर्णाली प्रदेश अहिले कसरी यो अवस्थामा आयो भन्ने बिषय खोजी हुनुपर्ने बताउनुभयो ।
कर्णाली प्रदेश छुट्टै पहिचान बोकेको प्रदेश भएको भन्दै उहाले यो प्रदेश सबैका लागि खोजीको प्रदेश हुनुपर्नेमा बताउनुभयो ।
कर्णाली प्रदेशले विगतमा नेपाली भाषा सिकाए जस्तै आज सभ्यता सिकाउन जरुरी रहेको मुख्यमन्त्री शाहीले बताउनुभयो ।
कर्णालीको आम नागरिकले गुनगुनाउने लोकभाका भन्दै ऋति फाउण्डेसनका सह–संस्थापक रेशम बिष्टले ‘कर्णाली उत्सव कुडा कर्णालीका’ द्रोश्रो संस्करणका उत्सवको औचित्यबारे प्रष्ट बनाउदै विकासका लागि सबैले हातेमालो गर्नुपपर्नेमा जोड दिनुभयो ।
कर्णाली प्रदेशको कला, साहित्य, दर्शनका बिषयमा अध्यायन गर्नका लागि प्रदेश सरकार र नेपाल प्रज्ञा प्रतिष्ठानले कर्णाली चिनाउन तयार रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जगतप्रसाद उपाध्यायले बताउनुभयो ।
कर्णालीका पर्यटकीयस्थलको चिनारी दिन जरुरी रहेको सुर्खेत वीरेन्द्रनगर प्रमुख देवकुमार सुवेदीले बताउनुभयो ।

कर्णालीलाई चिन्ने र चिनाउने कार्यक्रम ‘कर्णाली उत्सव कुडा कर्णालीका’ को दोस्रो संस्करण बुधबारबाट सुरु भएको छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल सुर्खेतको बुलबुले उद्यानमा कार्यक्रमक सुरु गरिएको हो । संस्करण फागनु २९ गते सम्म चल्ने छ ।