तिलागुफा नगरपालिका उपप्रमूख डेड वर्षदेखि सम्पर्क विहीन

कालिकोट, २७ फागुन (जागरण) । कालिकोटको तिलागुफा नगरपालिका उपप्रमूख दन्ता नेपाली दर्शना डेड वर्षदेखि सम्पर्क विहीन हुनुभएको छ ।
तिलागुफा नगरपालिका वडा नं. ३ निवासी उप मेयर दर्शना नगरपालिकामा बिना जानकारी अमेरिका भ्रमणमा गएर २०७६ असोज महिनादेखि सम्पर्क विहीन हुनुभएको हो ।
उहाको सामाजिक सञ्जाल फेसबुक समेत नचल्ने बनाइएको छ । उहा स्थानीय तहको निर्वाचनभन्दा अगाडि काठ्माडौंको पद्मकन्या क्याम्पसमा पढ्दा विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।
तत्कालीन एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य हुन्। उनी तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार भएर तिलागुफा नगरपालिका उप प्रमुखमा विजयी हुनुभएको हो ।
२०७६ साल असोजमा उनी काठ्माडौं गएको र कात्तिकमा अमेरिका गएको सामाजिक संजालबाट जानकारी दिएकी नेपाली हालसम्म पनि आउनुभएको छैन । नेपाली कांग्रेस तिलागुफा नगर कार्यसमितिले पत्रकार सम्मेलन गरी अमेरिकामा लुकेर बसेकी उप प्रमुखलाई कारवाही गर्न माग गरेको छ ।
उप्रमुख नेपाली नआउने भए उपनिर्वाचन गराउनुपर्ने ठाउँमा नगरपालिकाकै मिलेमतोमा उपप्रमुख अमेरिकामा बसेको अनुमान कांग्रेसको छ ।