अकोराव कर्णाली प्रदेशको सचिवमा ओली निर्वाचित

सुर्खेत, २७ फागुन (जागरण) । सामुदायिक रेडियोहरूको साझा संस्था, सामुदायिक रेडियो प्रसारक संघ अकोरावको कर्णाली प्रदेशको सचिवमा दीपेन्द्र ओली निर्वाचित हुनुभएको छ।
काठमाडौंमा सम्पन्न सातौँ अधिवेशनबाट ओली कर्णाली प्रदेश सचिवमा सर्वसम्मत् निर्वाचित हुनुभएको हो ।
जागरण एफएमका पुर्व स्टेशन म्यानेजर समेत रहनुभएका ओली विगत लामो समय देखि कर्णालीमा रेडियो पत्रकारिता गर्दै आउनुभएको छ। हाल कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीको सचिवालयमा काम गरिरहनुभएका ओली यसअघि विभिन्न पुरस्कारबाट समेत पुरस्कृत भइसक्नुभएको छ।