सुर्खेत, २७ फागुन (जागरण) । सामुदायिक रेडियोहरूको साझा संस्था, सामुदायिक रेडियो प्रसारक संघ अकोरावको कर्णाली प्रदेशको अध्यक्षमा रेडियो कर्णाली आवाज जुम्लाका गोर्ख थापा चयन हुनुभएको छ ।
काठमाडौंमा सम्पन्न सातौँ अधिवेशनबाट थापा कर्णाली प्रदेश अध्यक्षमा सर्वसम्मत् निर्वाचित हुनुभएको हो ।
उपाध्यक्षमा रेडियो सौर्यदय मुगुका सम्झना बुढा चयन हुनुभएको छ भने सचिवमा जागरण एफएमका पुर्व स्टेशन म्यानेजर दीपेन्द्र ओली, कोाषाध्यक्षमा रेडियो कैलाश हुम्लाका जनक शाही चयन हुनुभएको छ ।
सदस्यहरुमा रेडियो भैरवका वीरेन्द्र जिसी, रेडियो युनिकका धनन्जय केसी, रेडियो श्रीनगर हुम्लाका कालि बहादुर थापा चयन हुनुभएको छ ।