कर्णालीको विकासका लागि पर्यटन क्षेत्रलाई ध्यान दिऊः सरोकारवाला

सुर्खेत, २९ फागुन (जागरण) । कर्णालीको आर्थिक विकासका लागि पर्यटन र उत्पादन क्षेत्रमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन ।
रितिस फाउन्डेसनको आयोजनामा कुडा कर्णालीको दोश्रो दिन आज सहभागी वक्ताहरुले यस्तो बताएका हुन ।
उनिहरुले रणनीतिक रुपमा गुणस्तरिय र सुविधासम्पन्न पर्यटकीय स्थलहरुको विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन ।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कंडेलले रणनीतिक रुपमा गुणस्तरीय र सुविधासम्पन्न पर्यटकीय स्थलको विकास गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
उहाले कर्णालीको एउटा मात्रै प्राथमिकता पर्यटनमा हुनुपर्ने भन्दै त्यसको लागि तिनै तहका सरकारहरुले त्यही खालका योजना बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल सरकारका सहसचिव धनिराम शर्माले कर्णालीमा सार्वजनिक लगानीलाई जोड दिनुपर्ने भन्दै केही समय आफै जुटेपछि बाह्य लगानी पनि भित्रिने बताउनुभयो ।
अर्का वक्ता नेपाल सरकारका सहसचिव घनश्याम उपाध्ययाले पनि योजनामा योजनाकारको भन्दा राजनीतिज्ञको दबाव धेरै हुँदा विकास हुन नसकेको बताउनुभयो ।
उहाले योजनाकारहरुलाई स्वतस्फुर्त रुपमा योजना बनाउन दिए विकासले काँचुली फेनै समेत बताउनुभयो ।
कार्यक्रममा वहस गर्दै आइएसटिएसका निर्देशक डाक्टर नम्रता पाण्डेले पहिले उत्पादनलाई बढाउने खालका कार्यक्रम ल्याएर सडक पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कर्णालीका विकासको लागि बहस गर्न रिति फाउन्डेसनको आयोजनामा कर्णाली प्रदेशको राजधानीमा कर्णाली उत्सवको आयोजना गरिएको हो । उत्सव भोलीसम्म संचालन हुने छ ।