कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई माथी उठाइन्छः मन्त्री ढकाल

टेकराज केसी ।
सुर्खेत, १ चैत फागुन (जागरण) । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रबाट कर्णालीको विकास गर्न सकिने बताउनुभएको छ ।
पर्यटन प्रर्वद्धनका लागि सरकारले नयाँ नीति बनाउन लागेको भन्दै कर्णालीको विकासको लागि पर्यटन क्षेत्रलाई महत्वका दिइएको बताउनुभयो ।
तेश्रो राष्ट्रिय होम स्टे कार्याशाला गोष्टीलाई आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्बोधन गर्दै उहाले कोरोनाले प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथी उठाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।
उहाले कोरोनाबाट थिलोथिलो बनेको पर्यटन क्षेत्रलाई माथी उठाउन नयाँ कार्यविधि र नीति बनाउन मन्त्रालय लागेको बताउनुभयो ।
होम स्टेहरु मात्र नभएर बुह जाती, बहु संस्कृती भएको नेपालमा विविधतायुक्त संस्कृतीहरुको प्रचार गरि पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।
आफू स्वास्थ्य मन्त्रालयमा रहदा कोराना नियन्त्रणमा सफल भएको बताउँदै अब पर्यटन मन्त्रालयको जिम्मेवारी पाएकाले यो क्षेत्रलाई माथी ल्याइने बताउनुभयो ।
कर्णाली भन्ने बित्तिकै सभ्यताको बिम्ब भएको भन्दै यहाँ अथाहा सम्भावना रहेको उहाले बताउनुभयो ।
कोरोनाले सबैभन्दा बढि प्रभावित भएको क्षेत्र भनेको पर्यटन क्षेत्र भएको भन्दै आफुले पर्यटन मन्त्रालय सम्हालेपछि यसलाई अगाडि बढाउन लागेको बताउनुभयो ।
पर्यटन क्षेत्रलाई अगाडि बढाउन पर्यटन व्यवसायलाई मजबुत बनाउन निजी क्षेत्रको साझेदारीमा सरकारी आकांक्षा पूरा गर्ने समे उहाको भनाई छ ।
सुर्खेत विमान स्तल विस्तार गर्न शुरु गर्नुपर्ने भन्दै जनताको घर भत्काएर होईन बनाएर विस्तार गरिने बताउनुभयो ।
उहाले सुर्खेत विमान स्तल विस्तार गरि ठुला विमान स्तल बनाउन लागिएको भन्दै नागरिकको घर भत्काएर नभई बनाएर मात्र विमानस्तल विस्तार हुने बताउनुभयो ।
फरक प्रसङ्गमा राजनितिक कोरोनाले केही काम गर्न समस्या भएको भन्दै अब विस्तारै राजनितिक कोरोना पनि हराउँदै गएको बताउनुभयो । उहाले अहिलेको सरकार जनताको अपेक्षा पुरा गर्न लागेको बेला देशी विदेशी शक्तीहरु यो सरकारका विरुद्ध षड्यन्त्र गरिरहेको दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका उद्योग वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले कर्णालीमा ठुला होटेल नभएको अबस्था रहेको भन्दै बाहिरबाट आउने पाहुँनालाई होम स्टेमै बस्ने वातावरण सृजना गर्न प्रदेश सरकार लागेको बताउनुभयो ।
होम स्टे संचालनका लागि दक्ष जनशक्ति अभावका भएको भन्दै त्यसको लागि विभिन्न तालिमहरु संचालन गरिएको बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमायाँ ढकालले होम स्टेको विकास गर्न पुर्वाधारको विकास हुन जरुरी रहेको बताउनुभयो ।
उहाले कर्णाली र लुम्बिनी क्षेत्रलाई जोड्ने मार्गको विकास गर्न संघिय सरकारले पहल गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन क्षेत्रमा लगानी गरेपनि परिणाममुखि कार्यान्वयन हुन नसकेको भन्दै परिणाम आउने खालका काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सुर्खेत प्रमुख जिल्ला अधिकारी छवि रिजाल लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा सातवटै प्रदेशका उतकृष्ट होम स्टेका संचालकहरुलाई सम्मान पनि गरिएको थियो । जसमा कर्णालीको उत्कृष्ट होम स्टेको रुपमा आफर सामुदायिक होम स्टे भएको छ ।