बालाबालीकाको क्षेत्रमा प्रभावकारी काम थाल्दै सुर्खेतका स्थानीय सरकार

सावित्रा उपाध्याय ।
सुर्खेत, १ चैत (जागरण) । सुर्खेतका केही स्थानीय तहहरुले बालाबालीकाको क्षेत्रमा प्रभावकारी काम गरेका छन् ।
बालाबालीकाहरुको चौतर्फि विकासका लागि बालमैत्री नीति अबलम्बन गरेका हुन ।
सुर्खेतको सिम्ता गाउँपालिकाले पालिका भित्रका सबै वडाहरुमा बालक्लब गठन र बाल संरक्षण कार्यविधि २०७५ निर्माण गरी बालबालिकाको क्षेत्रमा धेरै क्रियाकलाप गरेको बताएको छ ।
गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले लक्षित वर्ग कार्यक्रम अन्र्तगत ९ लाख विनियोजन गरिएको भन्दै उहाँले बालबालीकाको संरक्षणका लागि स्थायी कोष समेत निमार्ण गरेको कर्णाली रैबारसँग बताउनुभयो ।
आगामी दिनमा बालबालीकाका लागी पहिले नै रणनिति तयार भएकाले आगामी वर्षहरुमा उनिहरुको वृद्धि विकासंं, सहभागीता, संरक्षण र सुरक्षालाई प्रत्याभुत गरिने उहाले बताउनुभयो ।
यस्तै सुर्खेतकै चौकुने गाउँपालिाकाले पनि बालबालीकाको अधिकारलाई सुनिश्ति गर्ने उद्देश्यले विभिन्न कार्यक्रम ल्याएको बताएको छ ।
गाउँपालिका अध्यक्ष धिरबहादुर शाहिले स्थानीय तहभित्रका टुहुरा तथा अपाङ्गता भएका बालबालीकाहरुका लागी होस्टेल व्यवस्थापन गरेर गाउँपालिकाकै खर्चमा पढाउन थालिएको बताउनुभयो ।
सुर्खेतको लेकबेशि नगरपालीकाले पनि बालबालिका संरक्षण निति निर्माण गरे अनुरुप विद्यालयमा बालबालिकालाई स्वास्थ्य सम्बन्धि कार्यक्रम संचालन गरेको छ ।
गाउँपालिकाले किशोरि रजस्वला भएको बेला विद्यालय नजाने अवस्थालाई अन्त्य गर्न स्थानीय तहले निशुल्क सेनीटरि प्याड वितरण गरि विद्यालय जाने वातावरण सिर्जना गरेको छ ।
बालबालीकासंग विद्यालयमा उनिहरुका जिज्ञासा, समस्या के छ भनि स्थानीय तहले अन्तरक्रियात्मक कार्यक्रम गर्दे आएको छ । र त्यही अुनसार नीति बनाउनेगरी लागेको नगरपालीका उपप्रमुख शाान्ति कुमारी छन्तेलले बताउनुभयो ।
बालबालिका क्षेत्रमा स्थानीय सरकारहरुसँग मिलेर विभिन्न गैर सरकारी संघ संस्थाहरुले पनि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन । पछिल्लो समय बालबालिकाको क्षेत्रमा केही सुधार भएको अधिकारकर्मीहरु बताउछन ।