मतदाता नामावली संकलन पुन सञ्चालन

काठमाडौं, ५ चैत (जागरण) । सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि स्थगित भएको मतदाता नामावली संकलन पुन सञ्चालन भएको छ ।
निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी दिएको छ ।
सर्वोच्च अदालतले गत फागुन ११ गते संसद विघटन बदर गरिदिएको करिब एक महिनापछि निर्वाचन आयोगले मतदाता नामावली संकलन खुला गरेको हो ।
निर्वाचन आयोगका अनुसार २०७७ पुस ५ गतेसम्म नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेका छन् । १८ वर्ष पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् ।