कृष्ण शर्मा ।
दैलेख,५ चैत (रेडियो ध्रुवतारा) । दैलेखका सरोकारवालाहरुले निशुल्क कानुनी सेवा नागरिकहरुलार्य उपलब्ध बनाउन सुझाव दिएका छन । कानून ,न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा आज निशुल्क कानूनी सहायता सम्वन्धी नीति बारे अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले यस्तो सुझाव दिएका हुन ।
उनिहरुले नागरिकहरुलाई नागरिक सहायता लिन झन्जटीलो रहेको भन्दै सहज खालको कानुनी सहयाता नीति निर्माण गर्न सुझाव दिएका छन । अधिवक्ता सुरेन्द्र अधिकारीले नागरिकहरुलाइृ कानुनको बारेमा जानकार बनाउन नयाँ नीतिको आवश्यकता औल्याउनुभयो ।
छलफलमा अधिवक्ताहरु खड्ग बहादुर सिजापति, दीर्घराज अधिकारी, पत्रकारहरु अमर सुनार, नविन रिजाल र अधिकारकर्मी निर्मला खड्काले आफ्नो सुझाव दिनुभएको थियो ।
कार्यक्रममा नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष माधवराज अधिकारीले निशुल्क कानूनी सहायता नीति कार्यान्वयनमा सबै क्षेत्रको सकारात्मक सहयोग आवश्यक हुने बताउनुभयो ।
जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव रामप्यारी सुनुवारले निशुल्क कानूनी सहायता नीति र प्रभावकारी कार्यान्वयन सवाल विषयमा कार्यपत्र प्रस्तूत गर्नुभएको थियो ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीले छलफलमा दिइएका सुझावका आधारमा नयाँ बन्ने निशुल्क कानूनी सहायता नीति र ऐनको मस्यौदा तयार पारिने प्रतिवद्धता जनाउनुभयो ।