सुर्खेत, ५ चैत ।
कर्णाली प्रदेशमा बहुक्षेत्रीय पोषणा सुधारका लागि विशेष योजना बनाइने भएको छ ।
प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आज वीरेन्द्रनगरमा प्रादेशिक सरोकारवालाहरुसंग आयोजना गरेको समन्वयात्मक तथा योजना बैठकले यस्तो निर्णय गरेको हो । कर्णालीमा पोषणको अवस्था सुधार गर्नका लागि सरकारी तथा गैर सरकारी निकायका साथै सबै सरोकारवालाहरुको समन्वयमा सञ्चालन गर्ने खालको कार्यक्रम आगमी आर्थिक बर्षमा निर्माण गर्ने निर्णय भएको छ । सुआहारा कार्यक्रमसंगको समन्वयमा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले सबैको सुझावका अधारमा पोषण सुधारको आगामी आर्थिक बर्ष २०७८÷०७९ को लागि कार्यक्रम बनाउने बताउनुभयो । उहाँले पोषण सुधारका लागि प्राङगारिक घरायसी कृषिलाई प्रबद्र्धन गर्नुपर्ने बताउनुभयो । यस्तै सुआहारा कार्यक्रमका बरिष्ठ व्यवस्थापक राम कुमार न्यौपानेले पोषण सुधारका लागि सरकारी गैर सरकारी क्षेत्रले एक अर्कामा भएको ज्ञान सीप प्रविधि र स्रोतको साझेदारीमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
बैठकमा सहभागीहरुले कृषिको बजारीकरणमा बिषेश जोड दिन सुझाव दिएका छन् ।