२०८१ सम्म कर्णालीवासीकाे प्रति व्यक्ति आय ११४७ अमेरीकी डलर पुर्याउने लक्ष्य

सुर्खेत, ५ चैत ।
कर्णाली प्रदेश योजना आयोगले आगामी पाँच बर्षमा बार्षिक प्रति व्यक्ति आय १ हजार १४७ अमेरीकी डलर पु¥याउने लक्ष्यसहित प्रथम पञ्च बर्षिय योजना सार्वजनिक गरेको छ ।
प्रदेश योजना आयोगले बिहीबार सार्वजनिक गरेको प्रथम पञ्च बर्षिय योजनामा पाँच बर्षमा झण्डै दोब्बरले प्रतिव्यक्ति आय बढाउने योजना उल्लेख गरेको हो । साथै २५ बर्ष भित्र कर्णालीका प्रत्येक नागरिकको प्रतिव्यक्ती आय १० हजार अमेरिकी डलर पु¥याउने महत्वकांक्षी योजना सार्वजनिक आयोगले अगाडी सारेको छ । आधार बर्षका रुपमा लिइएको आर्थिक बर्ष २०७६÷०७७ मा प्रति व्यक्ति आय ६०६ रहेको छ । यस्तै कर्णालीको बार्षिक औषत आर्थिम बृद्धि दर आधार बर्षका रुपमा लिइएको आब २०७५÷०७६ मा ५.७ प्रतिशत रहेकोमा पाँच बर्षभित्रमा १४.९ र २५ बर्षमा १०.५ प्रशित बृद्धिगरी राष्ट्रिय लक्ष्य भेटाउने लक्ष्य लिइएको छ । आर्थिक बर्ष २०८०÷०८१ सम्म कर्णाली प्रदेशलाई अति कम विकसित प्रदेशबाट मध्य स्तरमा स्तरोन्नती भई दीगो विकासका आवधिक लक्ष्य सूचकहरु हाँसिल गर्ने पच्चिस बर्षमा वि.स.२१ सयसम्म विकसित प्रदेशमा रुपमा रुपान्तरण भएको हुने सोच प्रथम पञ्च बर्षिय योजनाले लिएको छ । त्यसका लागि लजविद्युत उत्पादन, सम्भाव्यता खनिज तेल र रत्न पत्थर तथा अन्य खनिज पदार्थहरुको यथोचित उत्पादन र बजारीकरण गर्ने योजनामा उल्लेख छ ।
योजनाको दीर्घकालिन सोचका रुपमा ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ को नारा दिइएको छ । उक्त लक्ष्य १० हजार डलर पु¥याउनका लागि कर्णालीलृ ‘समृद्ध कर्णाली सुखारी कर्णालीबासी’ को नाराका साथ तीव्र दिगो विकास र रोजगारमुलक आर्थिक वृद्धी गर्नुपर्ने छ । सर्वसुलभ तथा गुणस्तरिय स्वास्थ्य सेवा र शिक्षाको शुनिश्चितता, आन्तरिक तथा अन्तरदेशीय अन्तरआवद्धता एवम दिगो शहर÷बस्ती विकास, उत्पादन र उत्पादकत्वमा अभिवृद्धी लगाएतका कामहरुमा प्रदेश सरकारले जोड दिनुपर्ने छ । समृद्ध कर्णाली सुखारी कर्णालीबासी बनाउने सोचलाई सार्वजनिक, निजी, सहकारी, सामुदायिक क्षेत्र र विकास साझेदारसँग लगानी र सहकार्यको मात्र बढाएर पुरा गर्ने रणनीति अपनाईएको छ । जुन सोचलाई तीन चरणमा पाँच वटा पञ्चबर्षीय योजना मार्फत २५ बर्षमा पुरा गरिने छ ।
योजना आयोगका सदस्य डाक्टर दीपेन्द्र रोकायाका अनुसार पहिलो पञ्चबर्षीय योजना २०८०÷०८१ सम्म ५ बर्षको हुनेछ । जसको गन्तव्य शिक्षा, स्वास्थ्य र रोजगार त्यसका लागि पुर्वाधार र राष्ट्रिय नारा ‘समृद्धी र सुखको सिर्जना’ हुनेछ । दोस्रो र तेस्रो पञ्चबर्षीय योजना १० बर्षको हुनेछ । जसको अवधि आर्थिक बर्ष २०८१÷०८२ देखि ०९०÷०९१ सम्म हुनेछ । भने गन्तव्य विकासमा तीव्रता, समृद्धिमा अग्रता र समृद्धी र सुखको तीव्रता नारा हुनेछ । यस्तै चौथो र पाँचऔँ पञ्चबर्षीय योजना २१ सय÷००१ हुनेछ । जसको गन्तव्य समृद्ध कर्णाली, सुखारी कर्णालीबासी हुनेछ ।
पाँच बर्षमा दुई सय मेगावाट विद्युत उत्पादनको लक्ष्य

प्रथम पञ्च बर्षिय योजनामा बिद्युत उत्पादन हाल ८.२५ मेगावाटबाट बढाएर पाँच बर्षमा २०० र २५ बर्षमा ७ हजार मेगावाट पु¥याउने लक्ष्य लिइएको छ । यस्तै विद्युतमा पहुँच प्राप्त जनसंख्या ६७ प्रतिशतबाट बढाएर पाँच बर्षमा ९० र २५ बर्षमा सत प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ ।
यस्तै बार्षिक औषत आर्थिक बृद्धि दर पाँच बर्षमा १४.९ र पच्चीस बर्षमा १०.५ पु¥याउने लक्ष्य छ भने निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या हाल २८.९ प्रतिशत रहेकोमा पाँच बर्षमा १८ र २५ बर्षमा शुन्यमा झार्ने लक्ष्य छ । यस्तै बहुआयामिक गरिबीमा रहेको जनसंख्या आधार बर्ष २०७५÷०७६ मा ५१.२ प्रतिशत रहेकोमा पाँच बर्षमा २५ र २५ बर्षमा ३ प्रतिशतमा झार्ने लक्ष्य छ । यस्तै मानव विकास सूचकांक पाँच बर्षमा ०.५८८ र पच्चीस बर्षमा ०.७६० मा पु¥याउने, अपेक्षित आयू ६७ बाट बढाएर पाँच बर्षमा ७० र २५ बर्षमा ८० पु¥योने, पाँच बर्ष मूनिका बाल मृत्युदर प्रतिहजार जीवित जन्ममा ५८ बाट घटाएर पाँच बर्षमा ३५ र २५ बर्षमा ८ मा झार्ने, पाँच बर्ष मूनिका कम तौल भएका बालबालिकाको प्रतिशत ३५.५ बाट घटाएर पाँच बर्षमा २० र २५ बर्षमा २० पु¥याउने लक्ष्य छ । यस्तै साक्षरता दर ६६ बाट बढाएर पाँच बर्षमा ९५ र २५ बर्षमा ९८ प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ ।