आउँदो मंसिरमा आम निर्वाचन हुन सक्छः नेता थापा

टेकराज केसी ।
सुर्खेत, ८ चैत (जागरण) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री गगन थापाले अब देश निर्वाचनमा जाने बताउनुभएको छ ।
आज सुर्खेतको वीरेन्द्रनगरमा गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले यस्तो बताउनुभएको हो ।
अहिलेको राजनितिक अवस्था हेर्दा देश अन्यौलमा पर्ने बताउँदै नयाँ म्याण्डेट आवश्यक रहेको बताउनुभयो ।
अब निर्वाचनमा नगई अर्को बिकलप नरहेको भन्दै मंसिरमा आम निर्वाचन हुने उहाको भनाई छ ।
उहाले नेकपाको सरकारको विकल्पमा काँग्रेसले सरकार बनाउनुपर्ने भन्दै काँग्रेसकै नेतृत्वमा निर्वाचन हुने बताउनुभयो ।
उहाले भदौमा पार्टीको महाधिवेशन तोकिएकाले स्वथ प्रतिप्रर्धा गर्नुपर्नेमा जोड दिदैँ यदी त्यसो नगरिए पार्टीले आगामी निर्वाचनमा पनि हार बेहोर्ने बताउनुभयो ।
अहिले नेकपाको विवादमा संसद परेको भन्दै सरकारले संसदलाई विजनेस नदिएको जिकिर गर्नुभयो ।
थापाले देशमा केपी ओलीले सबै ठाउँ कब्जा गर्दै गएको भन्दै संविधानमा परेको भ्वाङ पुर्ने जिम्मा काँग्रेसको काधमा आएको बताउनुभयो ।
कार्यक्रममा पुर्व मन्त्री हृदयराम थानी, नेपाली काँग्रेस सुर्खेत जिल्ला सभापती कमल राज रेग्मी दैलेख सभापती कृष्ण कुमार विसी लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।