नन्द कठायत ।
सुर्खेत, ८ चैत (जागरण) । कालिकोटको पचालझरर्ना गाँउपालिकाले ४० जना युवायुवतीहरुलाई लोकसेवा तयारी कक्षा पढाउन सुरु गरेको छ ।
सुनौलो भविष्य बोकेका युवायुवतीसँग अध्यक्ष कार्यक्रम अन्र्तगत कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ४० जना युवाहरुलाई लोकसेवा तयारी कक्षा सञ्चालन गरेको हो ।
गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले आफ्हरु निर्वाचित भएर आइसकेपछि कर्मचारीको समस्या भोग्नु परेको भन्दै कर्मचारीको समस्या समाधान गर्ने उद्दश्यले तयारी कक्षा सञ्चालन गर्न लागेको बताउनुभयो ।
उहाँले जहेन्दार, विपन्न, गरीबि र आर्थिकरुपमा पछाडि परेका विद्यार्थीको लागि यसले केही सहयोग पुग्ने बताउनुभयो ।
लोकसेवा तयारी कक्षा तिन महिना सम्म चल्ने छ । अहिले पालिका भित्रको शैक्षिक गुणस्तर कायम लागि प्रत्यक वडामा एउटा मा.वि विद्यालय सच्चालन गर्ने योजना लिएको समेत बताउनुभयो ।