प्रधानमन्त्रीको प्रश्नः ७० प्रतिशत बजेट स्थानीय तहमा लिएर ओढ्ने ओछ्याउने हो ?

काठमाडौं, ११ चैत (जागरण) । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कुल बजेटको ७० प्रतिशत बजेट माग गर्नु उपयुक्त नहुने बताउनुभएको छ ।
आज नगरपालिका संघको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले देशको कुल बजेटको ७० प्रतिशत बजेट स्थानीय तहमा पठाउनुपर्ने बताएका थिए । उनीहरुले बजेटजति केन्द्र सरकारले राखेको गुनासो पनि गरेका थिए ।
तर प्रधानमन्त्री ओलीले स्थानीय तहलाई ७० प्रतिशत बजेट दिएर के ओढ्ने ओच्छयाउने हो ? भन्दै प्रश्न गर्नुभयो ।
उहाले अहिले पठाइएको बजेट कार्यान्वयन हुन नसकेको भन्दै ७० प्रतिशत बजेट स्थानीय तहमा पठाइए प्रदेश र केन्द्र सरकारले के गर्ने भन्दै प्रश्न गर्नुभयो ।
प्रधानमन्त्री ओलीले जुन सरकारले खर्च गरे पनि अन्तिममा बजेट स्थानीय तहमै पुग्ने बताउनुभयो । उहाले बजेट केन्द्रमा नै राख्ने र स्थानीय सरकारलाई नदिने सोचाइ नभएको बताउनुभयो ।