पक्षीजन्य उत्पादनमा नेपाल ‘आत्मनिर्भर’ भएको दाबी, प्रधानमन्त्री ओलीले घोषणा गर्ने

काठमाण्डौ, ११ चैत (जागरण) । सरकारले नेपाल निश्चित क्षेत्रका पक्षीजन्य उत्पादनमा आत्मनिर्भर भएको दाबी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘पशुपक्षीजन्य उत्पादनमा देश ९निश्चित उत्पादन क्षेत्रमा० आत्मनिर्भर’ भएको जनाएको हो ।आत्मनिर्भर भएको घोषणा विशेष समारोहमार्फत बिहीवार भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने पनि मन्त्रालयले जनाएको छ । नेपाल कुखुरा उत्पादनमा आत्मनिर्भर बनिसकेको छ ।

देश अन्य के–के विषयमा आत्मनिर्भर भएको हो र थप रणनीति के–कस्ता हुन्छन् भन्ने विषयमा बिहीवार नै जानकारी दिइने कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताउनुभयो ।