कालि बहादुर नेपाली ।
जाजरकोट, ११ चैत (जागरण) । कार्यालयको स्थापना सँगै विधिवत रूपमा जनगणनाको काम समेत शुरु भएको छ ।
‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ ।
तथ्यांक कार्यालय सुर्खेतबाट केही कर्मचारी खटाएर कार्यालय स्थापना गरिएको हो । जिल्लामा जनगणना २०७८ का लागि तीन सय चार जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरिवेक्षक र गणक परिचालन गरिने भएको हो ।