विदेशबाट फर्किएका युवाहरुको स्वदेशमै मनग्य आम्दानी

सुर्खेत, १३ चैत (जागरण) । वैदेशिक रोजगारीबाट फर्किएर सुर्खेतका केही युवाहरुले आफ्नै फर्म संचालन गरि मनग्य आम्दानी लिन थालेका छन ।
कन्सुलेन्ट पलान अफ रिसपोनसिटि डेब्लभमेन्ट सोसाईटि नामक कृषी फर्म सञ्चालनमा गरि उनिहरुले मनग्य आम्दानी गर्न थालेका हुन ।
यो कुषी फर्ममा लोकल कुखुरा, टर्कि आर्गनीक तरकारि खेती, लगाइएको छ । विशेषगरी बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तीहरु मिलेर काम गरिएको भन्दै अहिले बार्षिक ३६ लाख सम्म हुने गरेको फर्म संचालक घनश्याम केसीले कर्णाली रैबारलाई बताउनुभयो ।
उहाँले कृर्षि पर निर्भरता बढ्दै गएको भन्दै सबै युवाहरुले कृषि क्रान्ति गरि देशलाई आत्मनिर्भरतामा लैजानुपर्नेमा जोड दिनुभयो ।
फर्मलाई सहकारीकै मोडेलमा लैजानेगरी ५९ जना शेयर सदस्य नै बनाइएको फर्मका उहाले जानकारी दिनुभयो ।
अहिले फर्ममा ६ हजारजत्ती कुखुराहरु रहेका छन भने वैशाखको पहिलो हप्ता भारतबाट १५ वटा मुर्रा जातको भैसी ल्याउने तयारी गरिएको छ । फर्म भेरीगंगा नगरपालिका मदानेचौरमा संचालन गरिएको छ ।