ललिता निवास जग्गा प्रकरणः माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका निर्णय झिकाउन आदेश

काठमाण्डौ – ललिता निवास जग्गा प्रकरणमा सर्वाेच्च अदालतले तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउन आदेश दिएको छ ।

न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद गजुरेलको संयुक्त इजलासले नेपाल र भट्टराई नेतृत्वको मन्त्रिपरिषदबाट भएका निर्णय तथा त्यससम्बन्धी प्रस्तावसमेतको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गर्नुभएको रिटमा सर्वाेच्चले यस्तो आदेश जारी गरेको हो । रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेतलाई विपक्षी बनाइएको छ ।