माधव नेपाल र भीम रावललाई निलम्वन गर्ने अध्यक्ष ओलीको निर्णय
काठमाडौं , १६ चैत (जागरण)। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्वन गर्नुभएको छ। नेता नेपाल र रावलले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्वन गर्नुभएको हो ।
नेता नेपाल र रावललाई एमाले महासचिव ईश्वर पोखरेलले स्पष्टीकरण माग गर्दै चैत ८ गते पत्र पठाउनुभएको थियो । त्यसको जवाफ उनीहरुले चैत १२ गते पठाएका थिए ।