कर्णाली करिडोरको काम अन्तिम चरणमा

नन्द कठायत ।
सुर्खेत, २० चैत (जागरण) । कर्णाली प्रदेश सरकारले महत्वका साथ लिएको उत्तर दक्षिण जोड्ने कर्णाली करिडोरको काम अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय गौरबको आयोजनाको भएकाले कर्णाली करिडोरलाई प्रदेश सरकारले पनि प्रदेशकै आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा लिएको छ ।
भौगोलिक विकटताले पछि परेका कर्णालीका हुम्ला र डोल्पामा सडक सञ्जाल पुर्याउनेगरी संघिय सरकारसँग समन्वय भइरहेको प्रदेशको भौतीक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
कर्णाली करिडोर बनेपछि भारत र चिनसँगको कर्णालीको व्यापार बढ्ने मन्त्रालयका प्रवक्ता गोपाल शर्माले बताउनुभयो ।
उहाका अनुसार कर्णालीको चीनसँगको सीमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सीमाना जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दुरीको सडक बन्ने छ ।
कर्णाली करिडोर निर्माणको काम अहिले दुई खण्डमा भइरहेको संघिय सरकारको भौतीक पूर्वाधार मन्त्रालय अन्र्तगतको सडक विभागले जनाएको छ ।
सडक विभागले आफुले गर्दै आएको कामको १५ किलोमिट ट्रयाक खोल्न बाकी रहेकाले यो चालु आर्थिक वर्षमा पुरा हुने मन्त्रालय अन्तरगत रहेको विभागका प्रवक्ता शिव नेपालले बताउनुभयो ।
कर्णाली करिडोरको अधिकांस भाग चट्टान भएकाले निर्माण भने त्यति सहज नभएको सडक विभागले जनाएको छ ।
विभागले बजेटको कमी भने नभएको भन्दै कोरोनालगायतका विभिन्न कारणले सरकारले दिएको बजेट कार्यन्वय गर्न समस्या भएको उहाँले बताउनुभयो ।
प्रवक्ता नेपालले यो चालु आर्थिक वर्षमा सरकारले कर्णाली करिडोरको लागि ४१ करोड बजेट विनियोज गरेको भन्दै चालु आर्थिक वर्षका लागि यो वजेट पर्याप्त हुने बताउनुभयो ।