सल्यानका अधिकांश नागरिक स्वच्छ खानेपानीको पहुँचबाहिर

सल्यान, २० चैत (जागरण) । सल्यानका अधिकांश बासिन्दा स्वच्छ खानेपानीको पहुँचबाहिर रहेको पाइएको छ ।
खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानका अनुसार पहाडी इलाका र सुक्खा डाँडापाखा भएका कारण पानीको मुहान सुक्दै जानु र डाँडापाखाका बस्तीमा खानेपानी पु¥याउन कठिन भएकै कारण ४२ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचबाहिर रहेको पाइएको हो ।
त्यस्तै, ४८ प्रतिशभित्र पनि १५ हजार नागरिक पूर्णरूपमा खानेपानीबाट बञ्चित भएको कार्यालयले जनाएको छ ।
छरिएर रहेका बस्तीमा खानेपानीको स्रोत नभएकाले विकल्पको रुपमा अहिले धमाधम लिफ्ट प्रविधिमार्फत खानेपानी पु¥याउन पहल भइरहेको कार्यालय प्रमुख पदमराज देवकोटाको भनाइ छ ।