कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा, आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

काठमाडौं, २० चैत । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ र, आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिले सरकार गठनबारे अलमल अन्त्य गरेको हो । आफूले विघटन गरेको संसद अदालतबाट पुनस्र्थापना भएपछि प्रधानमन्त्रीले नैतिक र राजनीतिक रुपमा राजीनामा दिनुपर्ने भएपनि नदिएकाले राजीनामा मागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
संसद पुनस्थापना भएपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने अपेक्षा गरेको भए पनि त्यसो नभएकाले राजीनामा माग गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।
केन्द्रीय कार्यसमितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय पनि गरेको छ ।
माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि प्रस्ताव गर्दै आएको छ भने कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष देउवाको नेतृत्वमा सरकार गठन गर्न सहमत छ । तर सभापति देउवाले, ३२ सिट भएको जनता समाजवादी पार्टीमा देखिएको मतभेदलाई देखाउँदै नेतृत्व लिन परिपक्क वातावरण नबनेको बताउने गर्नुभएको थियो ।
पार्टीभित्र बाटै दबाव बढ्नुका साथै सभापति देउवाममा पनि सरकारको नेतृत्व गर्ने आश पगाएका कारण कांग्रेस निर्णयमा पुगेको एक नेताले बताए ।