देशभरका एक सय ६५ वटा सडकहरु सुभारम्भ

सुर्खेत, २२ चैत (जागरण) । कर्णाली प्रदेशका १२ वटा सडकहरु निर्माणको काम शुभारम्भ भएको छ ।
प्रत्येक निर्वाचन क्षेत्रको रणनीतिक सडक विकास कार्यक्रम अन्तरगत कर्णालीका १२ वटा सडकहरुको काम शुभारम्भ भएको हो ।
यी सडकहरुमध्य केही सडक निर्माण भइरहेका छन भने केही सडकहरुको काम आजदेखि शुरु गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्विच थिचेर निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
दुई हजार दुई सय १० किलोमिटर सडक दुई लेनको र कालोपत्रे हुनेछ । यी सबै सडक तीन आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको सडक विभागले जनाएको छ ।
यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउन ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।