कर्णालीमा एक बर्षमा आगलागीका कारण करिब दुई अर्बको क्षती

नन्द कठायत ।
सुर्खेत, ३० चैत (जागरण) । आगलागीका कारण कर्णालीमा एक वर्षमा मात्रै १ अर्व ६४ करोड भन्दा धेरै धनजनको क्षती भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्कअनुसार कर्णालीमा एक बर्षमा १ अर्व ६४ करोड ५४ लाख १ हजार ५ सय १४ रुपैयाँ बराबरको धनजनको क्षती भएको हो ।
पछिल्लो एक महिनामा मात्रै कर्णालीमा आगलागीबाट ५ जनाको मृत्यु भएको छ । प्रदेशमा यो चैत्र महिनामा भित्र ३५ वटा आगलागीका घटना भएका छन । आगलागीबाट ९३ घरहरु जलेर नष्ट भएका छन । भने, ३१ वटा पशुचौपाय मरेका तथ्याङ्कमा जनाइएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ को तथ्यांक हेर्दा कर्णालीमा आगलागीमा परी ४ जनाको मृत्यु भएको थियो । भने ७ जना घाइते भएका थिए । तर चालु आर्थिक वर्षमा आगलागीका घटनामा परी ११ जनाको मृत्यु भएको छ ।
यो वर्ष एक सय ११ वटा आगलागीका घटना भएका छन् । त्यसमा २ सय ३३ घरमा क्षती पुगेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा छ ।
११ जना घाइते भएका भएका छन्, भने दुई सय १५ पशुचौपाय मरेका प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुन चन्द ठकुरीले कर्णाली रैबारलाई जनाकारी दिनुभयो ।
लापरवाहीका कारण आगलागीका अधिकांस घटनाहरु बढेको पाइएको भन्दै उहाले यसले ठुलो जनधनको क्षती पुर्याइरहेको जानकारी दिनुभयो ।
यो वर्ष सबै भन्दा बढी सुर्खेत र सल्यानमा २२ ÷२२ वटा आगलागिका घटना भएका छन् । भने सबै भन्दा कम रुकुम पश्चिममा र मुगुमा ५÷५ वटा, दैलेख, हुम्ला डोल्पा र जाजरकोटमा ७÷७ वटा आगलागिका घटना भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यस्तै कालिकोटमा १६, जुम्लामा १५ वटा आगलागिका घटना भएका छन् ।