सुर्खेत, १ बैशाख (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराउनुभएको छ । प्रदेशसभा सचिवालयमा उहाले हिजो उक्त पत्र दर्ता गराउनुभएको हो । प्रदेश सभा सचिव जीवराम बुढाथोकीका अनुसार ३ गते बस्ने प्रदेशसभा वैठकमा सबैभन्दा पहिले सरकारले सदन नचलेको समयमा ल्याएका अध्यादेश मन्त्रीले टेबल गर्ने कार्यसुची छ। तत्पश्चात दलका नेताहरुको सम्वोधन हुनेछ भने अन्तिममा मत विभाजन प्रणाली अनुसार विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ । एमालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाहीको सरकार अल्पमतमा परेको छ । उहालाई प्रतिस्थापन गरेर आफ्नै नेतृत्वमा सरकार निर्माणका लागि एमालेले गृहकार्य गरिरहेको छ ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिने
जागरण