सुर्खेत, २ बैशाख (जागरण) । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्खेतका विद्यालयहरुलाई कोरोनाको अति जोखिममा रहेको बताएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि विद्यालयमा जोखिममा रहेका विद्यालयमा बालबालिकालाई नपठाउन अनुरोध समेत गरेको छ ।
मन्त्रालयले अति प्रभावित जिल्लाको नाम सार्बजनिक गर्दै ति प्रभावित जिल्लाका विद्यालयमा विद्यार्थीहरुलाई सहभागी नबनाउन आग्रह गरेको हो । यदी पठाउनुपरे स्वास्थ्य मापदण्ड कडाईका साथ लागु गर्न भनिएको छ ।
मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले आठ बुँदे अपील गर्नुभएको हो ।
सुर्खेतसहित १४ जिल्ला उच्च जोखिममा रहेको मन्त्रालयको भनाई छ । जसमध्य काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, बारा र बाग्लुङका विद्यालयमा सहभागी नहुन र हुनुपरे स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गराउन अनुरोध गरेको छ ।
मन्त्रालयले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार भूमिका खेल्न अनुरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ती