सुर्खेत, ३ बैशाख (जागरण) । नेपाली काँग्रेसले मुख्यमन्त्री शाही नेतृत्वको कर्णाली प्रदेश सरकारलाई समर्थन गर्ने भएको छ ।
आजदेखि शुरु भएको कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशमा बोल्दै नेपाली काँग्रेस कर्णाली प्रदेशसभाका संसदीय दलका नेता एवम सांसद जीवन बहादुर शाहीले मुख्यमन्त्री शाही नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने बताउनुभएको हो ।
संसदमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत माग्नुभएको छ । शाहीको समर्थन गर्दै काँग्रेसका सबै सांसदले मतदान गर्ने काँग्रेसले जनाएको छ ।
एमालेले समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शाहीले विश्वासकोफमत लिदै छन् । केही छिनमा मतदान हुँदैछ । अहिले संसद बैठक जारी छ ।