सुर्खेत, ३ बैशाख (जागरण) । कर्णाली प्रदेश सभामा मतदान शुरु भएको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत मागेपछि मतदान शुरु भएको हो ।
मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने नेपाली काँगे्रसले यसअघि नै बताइसकेको छ ।
सभामा ३९ सदस्य मध्य एक जना सभामुख हुनुहुन्छ बाँकी ३८ जना सांसदहरूले मतदान गर्नुहुनेछ । जस मध्य १९ जना एमालेका, ६ जना काँग्रेसका र १२ जना माओवादी केन्द्रका सांसद छन् । राप्रपाको १ जना सांसद रहेकोमा तटस्थ बस्ने बताएको छ । बराबर भएको हकमा सभामुखले मतदान गर्ने व्यवस्था छ । ४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका धर्मराज रेग्मीलाई एमालेमा लागेपछि माओवादीले पदमुक्त गराईसकेको छ ।