सुर्खेत, ३ बैशाख (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले संसदबाट विश्वासको मत लिनुभएको छ ।
विश्वासको मत मागेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई काँग्रेसका ६ जना सांसद र एमालेका चार जना सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मत दिएपछि उनको पद जोगिएको हो । नेकपा एमालेका ४ जना सांसदहरूले फ्लोर क्रस गरेपछि शाही सुरक्षित हुनुभएको हो। शाहीको पक्षमा २२ र विपक्षमा १५ जनाले मतदान गरेका थिए । एमालेबाट फ्लोर क्रसगरी शाहीलाई मतदान गर्नेमा प्रकाश ज्वाला, अमर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेको जनाइएको छ । उनीहरू एमालेमा माधव नेपाल झलनाथ खनाल खेमाका हुन ।
मतदानमा ३७ जना सहभागी भएका थिए । राप्रपाकी सांसद भने मतदानमा सहभागी भएकी छैनन् । अब मुख्यमन्त्री शाहीले आफ्नो पद जोगाउन सफल हुनुभएको छ ।