फ्लोर क्रस गर्ने सांसदलाई कारवाहीको लागि एमालेको सिफारिस

सुर्खेत, ४ बैशाख (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत दिन एमालेका पाँच जना सांसदलाई हटाउन सिफारिस गरिएको छ ।
नेकपा एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने पाँच जना सांसदलाई पदबाट हटाउने केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।
सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अमरबहादुर थापा, नन्दसिंह बुढा र देवी ओलीलाई कारवाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरिएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिनुभयो ।
उहाले सांसद ओलीले शुरुमा मुख्यमन्त्रीको पक्षमा मत दिएको र पछि सच्याएपनि पार्टीको ह्वीप विपरित गएकोले २४ घण्टे स्पष्टीकरण सोधिएको बताउनुभयो ।