सुर्खेत, ४ बैशाख (जागरण) । सुर्खेत वीरेन्द्रनगरमा कपडाको हातेझोला उत्पादन शुरु भएको छ ।
वीरेन्द्रनगर नगपालिका र समाज जागरण केन्द्र (स्याक) नेपालको आर्थिक सहयोगमा हातेमालो जागरण बहुउद्देश्यीय सहरकारी संस्थाले कपडाको हातेझोला व्यवसाय शुभारम्भ गरेको हो ।
पलाष्टिकका झोलाहरुलाई विस्तावित गर्ने हेतुले हातेझोला उत्पादन शुरु गर्न लागिएको हातेमालो जागरण सहकारी संस्थाका अध्यक्ष पूर्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाका अनुसार सहकारीका २० जना महिला सेयर सदस्यहरुलाई व्यवसायमा संलग्न भएका छन ।
आगामी दिनमा खादा, दोसल्ला र अन्य तयारी पोसाकहरु उत्पादन गर्ने उद्योगको रुपमा विकास गरिने पौडेलको भनाई छ ।
उत्पादित सामग्रीहरुको बजारिकरणका लागि सहकारीले समन्वय गर्ने समेत उहाले जानकारी दिनुभयो । उत्पादित प्रति हातेझोलाको फुटकर मुल्य ५० रुपैयाँ रहेको छ ।
तालिमको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमायाँ ढकालले अब महिलाहरु पनि व्यवसायिक बन्ने बेला आएको बताउनुभयो ।
ढकालले स्थानीय सरकार र राज्यका अन्य निकायबाट लागु भएका स्वरोजगारमुखी कार्यक्रमको लाभ महिलाहरुले लिन नसकेको भन्दै अब विभिन्न सीप सिकेर स्वरोजगार बन्नुपर्ने बताउनुभयो ।
त्यसको लागि आफ्नो आन्तरिक स्रोतसँगसँगै बाह्य स्रोतको पनि खोजी गर्न आवश्यक रहेको उहाको भनाई छ ।
आफै केही गर्न सक्छु भन्ने चाहना र उत्साह हुने महिलाहरुलाई स्वरोजगार बनाउन नगरपालिकाले थुप्रै कार्यक्रमहरु संचाल गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै वडा नम्बर १२ का वडा अध्यक्ष लोक प्रसाद चालिसेले महिलाहरु स्वरोजगारीमुखि काममा लाग्नुपर्ने र त्यसको लागि स्थानीय सरकारबाट हुने सहयोगमा आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो ।